वि.सं. २०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्ने दुरगामी सोचका साथ दुर्गा प्राथमिक विद्यालय नामङ्करण गरी एउटा खुल्ला चौरमा केही बालबालिकाहरु संकलन गरी विद्यालय स्थापना गरिएको थियो । प्रारम्भिक चरणमा विद्यालय स्थापना गर्दा कक्षा १ मा केही बालबालिका संकलन गरी खुल्ला चौरमा कक्षा संचालन गरेता पनि यस क्षेत्रका अगुवा समाजसेवी एवम् बुघिजिवीहरु मध्ये स्वार्गिय विष्णु प्रसाद बास्तोला, कोमल अधिकारी, जंग बहादुर सुनार , ऋषिराम रेग्मी लगाएतका समाजसेवीहरुको अथक प्रयासवाट वि.सं. २०३० सालमा १–३ सम्मको कक्षा संचालन अनुमति प्राप्त गर्न सफल भईयो । विद्यालयलाई समयक्रससँगै थप स्त्तरोन्नति गराउँदै लैजाने सोचका साथ यहाँका समाजसेवी, बुद्धिजिवी एवम् अग्रज ज्यूहरुवाट वि.सं. २०४० सालमा कक्षा १ देखि ५ वि.सं.२०५१ सालमा कक्षा १ – ८ र वि.सं. २०५३ सालमा निम्न माध्यमिक विद्यालयको स्थायी स्वीकृति प्राप्त गर्न सफल भएको देखिन्छ । यसै गरी वि.सं. २०६० सालमा माध्यमिक तहको कक्षा संचालन अनुमति प्राप्त गरी वि.सं.२०६१ सालवाट एस.एल.सी. परीक्षामा संम्मिलित भई आएको देखिन्छ । माध्यमिक विद्यालयको स्वीकृति पश्चात यस विदालयलाई अग्रगति दिन यस क्षेत्रका अभिभावक शिक्षक बुद्धिजिवी एवम् राजनैतिक दलहरुको अथक प्रयासवाट वि.सं. २०६६ सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदवाट कक्षा संचालन अनुमति प्राप्त गरी कक्षा ११ र वि.सं.२०६७ सालमा कक्षा १२ संचालन गरी हाल सम्म निरन्त्तर रुपमा कक्षा ११÷१२ शिक्षा मानविकी एवम् बाणिज्य संकायका कक्षाहरु संचालन भई आइरहेका छन् । विद्यालय स्थापना गरी दिएर मात्र हाम्रो दायित्व पुरा हुदैन् । यसलाई जिवन्त राख्ने हुर्काउने, बढाउने अर्को गहन जिम्मेवारी पनि हामीले नै बहन गर्नुपर्छ भन्ने मूल ध्येयका साथ विद्यालयलाई यहाँ सम्म पुर्याउन मन वचन र कर्मले योगदान पुर्याउनु हुने समाजसेवी, शिक्षाप्रेमी, अभिभावक ज्यूहरुको समर्पणको उच्च कदर गर्न चाहान्छु । विद्यालय शिक्षा केवल किताबी ज्ञानमा मात्र सिमित हुनु हुदैन । बालबालिकाहरुको समग्र व्यक्तित्व विकास, नैतिक मुल्यहरु र जिवनउपयोगी सिपहरुको बिकासमा विश्वास गर्नु पर्दछ । हाम्रा विधार्थीहरुलाई आधुनिक शिक्षा प्रणाली अनुशासन र सिर्जनात्मक सोचका साथ भविष्यको लागी तयार पार्नु हाम्रो मुख्य उदेश्य हो । यसलाई सफल पार्न विद्यालय शिक्षाका विविध पक्ष विधार्थी शिक्षक र अभिभावक विच आपसी सन्तुलन बनी रहनु पर्दछ । यस विद्यालयले विगतमा हासिल गरेको जस्तो शैक्षिक उपलब्धीहरु वर्तमान समयमा प्राप्त गर्न हाम्रा सामु थुप्रै चुनौतीहरु छन् । आकर्षक भौतिक संरचनाको अभाव,अभिभावकहरुको निजी विद्यालय तर्फको मोह, विद्यालय प्रति स्थानिय समुदायको चासो कम हुनु आदि कारणहरुले गर्दा अपेक्षित उपलब्धीहरु हासिल गर्न सकिएको छैन । यसमा समुदाय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विधार्थीको सक्रिय पहल कदमी आवश्यक पर्दछ । राज्यको शिक्षा नितिमा सबैको सार्थक सहभागिताले शैक्षिक गुणस्तर उकास्न सकिन्छ । अन्त्यमा विद्यालयलाई हालको अवस्थामा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरु प्रति हार्दिक धन्यावाद ज्ञापन गर्दै यस विद्यालयलाई थप उचाईमा पुर्याउन यस क्षेत्रका सम्पुर्ण राजनितीक व्यक्तित्वहरु, शिक्षाप्रेमी, बुद्धिजिवी,अभिभावक,शिक्षक कर्मचारी तथा विधार्थी नानी बाबुहरुमा हार्दिक अपिल गर्दछु ।