यो विद्यालय कञ्चनपुरको सदरमुकाम भिमदत्तनगरबाट करीब ५# कि.मी. दक्षिणपूर्व, पुनर्वास नगरपालिकाको वडा न.४को कार्यालय देखि दक्षिण दुर्गा मन्दिरको छेऊमा रहेको छ । यस बिधालयको ऊत्तर तर्फ पुनर्वास नगर पालिका वडा न. ३ रामबस्ती , पश्चिममा बेलैरी न.पा.१ मटैया , पूर्वमा त्रिभुवन बस्ती , दक्षिणमा उत्तर प्रदेश भारत पर्दछ । हाल यस विद्यालयमा प्राथमिक तहमा ५ स्थायी शिक्षक दरबन्दी,निम्न माध्यमिक तहमा ४ स्थायी शिक्षक दरबन्दी , माध्यमिक तहमा ४ वटा राहत दरबन्दी , उच्च मा.वि.तहमा २ ओटा अनुदान दरबन्दी,बाल विकास तहमा २ अनुदान , कर्मचारी तर्फ १ लेखा सहायक र एउटा कार्यालय सहयोगीको अनुदान कोटा रहेको छ यसै गरी निजीबाट प्रा.वि. शिक्षक १ जना कर्मचारी २ जना रहेका छन । यस विधालयमा शिक्षक तथा कर्मचारी गरी जम्मा २२ जना कार्यरत रहेका छन । जम्मा बन्दी गरी जम्मा ४ ओटा दरबन्दी रहेका छन् । यस विद्यालयमा बालविकास कक्षा (शिशु कक्षा) देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ४ मा रहेकाले कोटिहोम गाउँका विद्यार्थी, पुनर्वास नगरपालिका वडा नं. १ अंशुबर्माबस्ती र बेलौरी नगरपालिका वडा नं. १ मटैया,उभिया,फटिया,पु.न.पा.३ रामबस्तीका बालबालिकाहरुका लागि यो विद्यालय पठनपाठनका लागि पायक पर्ने स्थानमा रहेको छ । यस विद्यालयको सेवा क्षेत्र भित्र करीब २५०० भन्दा बढी घरधुरीहरुमा झण्डै १०००० भन्दा बढी जनसंङ्खयामा ५२% महिला र ४८% पुरुषको जनसंङ्खया रहेको छ । करीब १५०० को हाराहारीमा विद्यालय जाने उमेरका बालबालिकाहरु रहेका छन् । सेवा क्षेत्रका मानिसहरु अधिकांश गरीब, अशिक्षित र सामान्य स्तरका रहेका छन् । यहाँ ब्राह्मण, क्षेत्री, दलित, जनजाति आदि रहेका छन् । यहाँ प्रायः नेपाली, राना, तामाङ, चौधरी, डोटेली र केही सामान्य हिन्दी तथा अन्य भाषीहरु रहेका छन् ।
शैक्षिक कार्यक्रमहरुः यस विद्यालयमा निम्न बमोजिमका शैक्षिक कार्यक्रमहरु सञ्चालित रहेका छन् ।