श्री बासुदेब घिमिरे - अध्यक्षMr. Basudev Ghimire - Chairman
वि.सं.२०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्ने दुरगामी सोचका साथ दुर्गा प्राथमिक विद्यालय नामङ्करण गरी एउटा खुल्ला चौरमा केही बालबालिकाहरु संकलन गरी स्थापना गरिएको विद्यालयमा हाल बालकक्षा देखि १२ कक्षा सम्म अध्यापन भईरहेको छ कुनैपनि संस्था स्थापना गर्न जति सजिलो हुन्छ त्यो भन्दा जटिल परिस्थिति उसलाई संस्थागत गर्दै दिगो रुप दिन हुन्छ । यस विद्यालयले पनि यसको स्थापना देखि हालसम्म आईपुग्दा त्यस्तै आरोह अवरोह पार गर्दै आएको छ । सर्वप्रथम यस विद्यालयको स्थापना गरी यहाँ सम्म ल्याउन सफल विद्यालयका संस्थापक, सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु । बिगत छद्द वर्ष देखि निरन्तर पठनपाठन गराउँदै आईरहेको यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि समय सापेक्ष गुणस्तरयुक्त सीपमूलक एवम् रोजगारमूलक शिक्षा प्रदान गर्न सकोस र सिङ्गो समाजलाई अग्रगति तर्फ डोर्याउन सकोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Amidst a wave of establishing schools across various settlements in the Punarwas region on Bhadra 17, 2029 BS, local elders realized the crucial need for education to secure a bright future for their children. With a visionary mindset to fulfill this need, the school was established under the name 'Durga Primary School' by gathering a few children in an open lawn. Today, the institution has successfully expanded from an early childhood development (ECD) class up to Grade 12.
While establishing any institution is relatively easy, institutionalizing it and making it sustainable is far more complex. Since its inception, this school has navigated numerous ups and downs to reach where it is today. First and foremost, I would like to express my heartfelt gratitude to the founders, all parents, teachers, students, and every contributor who played a vital role in establishing the school and bringing it to this stage.
Having been continuously imparting education for decades, this institution has played a pivotal role in producing disciplined, dedicated, honest, competitive, and capable human resources. I express my best wishes for the continued progress of the school, hoping that it will continue to provide timely, high-quality, skill-oriented, and employment-focussed education in the days to come, thereby guiding the entire society toward advancement.
