वि.सं.२०२९ भाद्र १७ गते पुनर्वास क्षेत्रमा बसोबास गराइएका विभिन्न गाउँहरुमा विद्यालय खोल्ने लहरसँगै यस गाउँका अग्रज व्यक्तित्वहरुबाट आðना बालबालिकाहरुको सुनौलो भविष्यको सुनिश्चितताको लागि शिक्षाको आवश्यकता महसुस गरी त्यसको प्राप्तिका लागि विद्यालय खोल्नु पर्ने दुरगामी सोचका साथ दुर्गा प्राथमिक विद्यालय नामङ्करण गरी एउटा खुल्ला चौरमा केही बालबालिकाहरु संकलन गरी स्थापना गरिएको विद्यालयमा हाल बालकक्षा देखि १२ कक्षा सम्म अध्यापन भईरहेको छ
कुनैपनि संस्था स्थापना गर्न जति सजिलो हुन्छ त्यो भन्दा जटिल परिस्थिति उसलाई संस्थागत गर्दै दिगो रुप दिन हुन्छ । यस विद्यालयले पनि यसको स्थापना देखि हालसम्म आईपुग्दा त्यस्तै आरोह अवरोह पार गर्दै आएको छ । सर्वप्रथम यस विद्यालयको स्थापना गरी यहाँ सम्म ल्याउन सफल विद्यालयका संस्थापक, सम्पुर्ण अभिभावक, शिक्षक, विद्यार्थी लगायत सहयोगी सबैलाई हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु ।
बिगत छद्द वर्ष देखि निरन्तर पठनपाठन गराउँदै आईरहेको यस विद्यालयले अनुशासित, लगनशिल, इमान्दार, प्रतिश्पर्धी सक्षम जनशक्ति उत्पादन गर्नमा अहम् भूमिका खेलेको छ र आगामी दिनमा पनि समय सापेक्ष गुणस्तरयुक्त सीपमूलक एवम् रोजगारमूलक शिक्षा प्रदान गर्न सकोस र सिङ्गो समाजलाई अग्रगति तर्फ डोर्याउन सकोस भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।